इटहरी । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति राजीव ढुङ्गानाले नेबिसंघको महाधिवेशनको कार्य तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन् ।

गृहनगर इटहरी आएका उनले लामो समय सम्म अधिवेशन नहुँदा युवा विद्यार्थीमा नैराश्यता बढ्न सक्ने भन्दै यो कमिटी पुर्णरुपमा महाधिवेशन प्रति गम्भीर भएको बताए ।
इटहरीका युवाहरू सँगको भेटघाट कार्यक्रममा उनले अहिलेको विद्यार्थी सङ्गठन प्रतिको धारणा नै परिवर्तन गर्न आफू लागी परेको उनले सुनाए । विद्यार्थी सङ्गठन सदैव पार्टी र सरकारको प्रतिपक्षी भएकोले खबरदारी, सहकार्य र रचनात्मक अभ्यासमा विद्यार्थी गतिविधि अगाडी बढाउन आफू लागी परेको उनको भनाई छ ।

आफ्नो कार्यकालमा अधिवेशन गराउन नसकेपछि नैनसींह महर बहिर्गमीत भएपछि महाधिवेशन गराउने गरी ढुङ्गाना सभापतिमा मनोनीत भएका हुन् ।
नेपाली काँग्रेसको नर्सरी मानिएको नेबिसंघको अधिवेशन समयमै नहुँदा नयाँ कार्यकर्तामा निराशा छाउने उनले बताए । यो आफ्नो लागी चुनौती र अवसर दुवै भएको भन्दै उनले गुटले जितोस हारोस मतलब भएन र काँग्रेसले जित्ने गरी काम गर्ने उनको भनाई छ ।