धरान : सरकारले २०८४ मा गरिनु पर्ने स्थानिय तहको चुनाव कहिले गर्ने हो मिति तोकेको छैन । तर चुनाव सहभागी हुने दलहरू स्थानिय चुनावको तयारीमा लागेका छन् ।

तयारीकै क्रममा चुनावको स्वतन्त्र पर्यवेक्षण गर्ने निकायहरू पनि संस्थागत अद्यावधिक हुने कार्यमा लागेको छ ।

यसै क्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको धरान स्थित सुनसरी जिल्ला समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । प्रतिष्ठानले नेपालमा भएका निर्वाचनहरूको स्वतन्त्र पर्यवेक्षण गर्दै आएको छ ।

प्रतिष्ठानको सुनसरी जिल्ला समितिको हिजो आइतबार भएको अधिवेशनले अध्यक्षमा पुनः नरप्रसाद लुङफुङवा लिम्बुलाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षत्रय वेदकुमारी उप्रेती खरेल, साजन चौधरी र सङ्गीता सुब्बा निर्विरोध निर्वाचित भए ।

सचिव हितराम तिलिङ, सहसचिव तीर्थ मादेम्बु, कोषाध्यक्ष प्रवेश हाङश्रोङ निर्विरोध निर्वाचित भए । सदस्यहरूमा रामबहादुर लिम्बु, मनुका श्रेष्ठ, नजाम अन्सरी, समिम मिया, रमिना सुब्बा गुरुङ, हर्कजंग लिम्बु, शान्ता न्यौपाने चयन भएका छन् ।

कार्यसमितिलाई १७ सदस्यीय बनाउन थप ३ जना सदस्य मनोनयन गर्ने निर्णय गरिएको छ । अधिवेशन अध्यक्ष नरप्रसाद लुङफुङवा लिम्बुको सभापतित्वमा भएको थियो ।