बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।
बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ ले पछिल्लो चौमासिकको सामाजिक सुरक्षा भत्ता अन्तर्गत वितरण गर्नु पर्ने ५९ लाख ४ हजार ८ सय रुपैयाँ वितरण गरिने वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।
शनिवारदेखि वडाले गाउँ गाउँमा पुगेर भत्ता वितरण सुरु गरेको छ। वडाका दुर्गम क्षेत्र सुर्यकुण्ड, चौदन्डा, चियाबारी लगायतका क्षेत्रमा पुगेर वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
शनिवार स्थानीय ८८ जना ज्येष्ठ नागरिक, अशक्त र एकल महिला लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव गोपाल लम्सालले जानकारी दिए ।
आइतबार वडा नं. १ को दुर्गम क्षेत्र कटहरे, बगुवा, खारखोला लगायतका क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।
वडा नं. १ मा ज्येष्ठ नागरिक २२४, दलित ज्येष्ठ नागरिक ५०, बिधुवा महिला १३७, एकल महिला १०१, पूर्ण अपाङ्ग १६, अति अशक्त ४१ र दलित बालबालिका ६६ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छ्न ।
वडाध्यक्ष सुरेश श्रेष्ठको पहलमा मितेरी बैक चतरा शाखाले भत्ता वितरण गरिरहेको छ । लकडाउनको अवस्था भए पनि नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गरेको छ,झ वडाध्यक्ष सुरेश श्रेष्ठले भने, 'शान्ती सुरक्षासहित सामाजिक दुरीको पालना गर्दै भत्ता वितरण गरिरहेका छौ ।'
वडा नं.१ का विपन्न प्राय: सबैका घरमा राहत वितरण गरिसकेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । शनिवार समेत वडाका पहाडी क्षेत्रका २१५ घरपरिवारलाई राहत सामग्री पुर्याइएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        