धरान : विद्युत् प्राधिकरण धरान शाखाले अनलाइनबाट मासिक महसुल भुक्तानी गर्न ग्राहकलाई अनुरोध गरेको छ ।

एक लाख रुपैयाँसम्म हुने ग्राहकले अनलाइनको माध्यमबाट बिद्युत महसुल भुक्तानी गर्न र सो भन्दा माथि हुने ग्राहकले सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी विद्युत् महसुल भुक्तानी गर्न विद्युत् प्राधिकरण धरान शाखाका शाखा प्रमुख प्रताप बरालले अनुरोध गरेकाछन ।

विद्युत् महसुल बुझिलिने प्राधिकरणका सम्पूर्ण काउन्टरहरू बन्द रहेकोले एक लाख रुपैयाँ सम्म मासिक महसुल हुने ग्राहकल अनलाइनबाट र सो भन्दा माथि हुने ग्राहकले सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी विद्युत् महसुल बुझाउन हुन अनुरोध गरेको छ । विद्युत् प्राधिकरण धरान शाखाले आफ्नो घरमा रहेको मिटरमा खपत भएको अङ्क प्राधिकरणलाई टिपाउन ग्राहकहरूले कार्यालय समयमा १० देखि ५ बजे सम्ममा कार्यालयको फोन नम्बर ०२५-५२०२३०, प्राधिकरणको धरान शाखाको फेसबुक पेज विद्ययुत प्राधिकरण धरान वा प्राधिकरणको इमेल dharan@nea.org.np मा उक्त अङ्क टिपाउन सकिने प्राधिकरणका धरान शाखा प्रमुख बरालले जानकारी दिएका छन् ।

लकडाउनको कारण प्राधिकरणका मिटर रिडर घर-घर आएर मिटर रिडिङ्ग गर्न नसकिएको बताउँदै प्राधिकरणको धरान शाखाले ग्राहकहरूले आफ्नो मिटरमा खपत भएको अङ्क ग्राहक नम्बर वा आइडी सहित कार्यालयमा टिपाउन अनुरोध गरेको हो ।

यदि कुनै पनि माध्यमबाट विद्युत् खपत भएको अङ्क नटिपाए प्राधिकरणको रेभिन्यु सफ्टवेयरमा विगतको महिनाको बराबरी हुने गरी अपडेट गरिने भएकाले प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।