धरान : हङकङमा रहेका धरानेहरूले धरान उपमहानगरले स्थापना गरेको फुड बैङ्कमा ४ हजार किलो चामल जम्मा गरेका छन् ।

हङकङमा रहेका एनिस लिम्बू, द जङ्गल रेस्टुरेन्ट एन्ड बार र मेड्ली रेस्टुरेन्ट एन्ड बारले सङ्कलन गरेर पठाएको २ लाख रुपैयाँ बराबरको चामल फुड बैङ्कमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य सन्तोष विकको समन्वयमा सो सहयोग धरानको फुड बैकमा बुधवार जम्मा गरिएको हो ।

HK-Sahayogdata

हङकङका सहयोगीहरु

बुधवार एनिस लिम्बू र धरानबाट समन्वय गरेका नेपाल तरुण दलका सुनसरी जिल्ला कार्यवाहक सभापति सन्तोष विकले धरान उपमहानगरका प्रमुख तिलक राईलाई चामल हस्तान्तरण गरेका छन् । धरान उपमहानगरपालिकाले राहत वितरणलाई ब्यावस्थित बनाउन र एकद्वार प्रणाली अपनाउने उद्देश्यले स्थापना गरिएको फुड बैंकमार्फत् नै हङ्कङमा रहेका धरानबासीहरूले सहयोग गरेकोमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धन्यवाद दिए ।

यसैक्रममा धरान-१० की ८२ वर्षीया मैया राईले पनि धरान उपमहानगरलाई एक लाख १ हजार ५० रुपैयाँ सहयोग गरेको नगर प्रमुख तिलक राईले जानकारी दिए । धरान उपमहानगरपालिकामा पछिल्लो समय करिब ३५ हजार परिवारलाई राहत वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै मेयर राईले फुड बैङ्कमा राहत सामाग्री सहयोगका लागि दबाब होइन स्वइच्छाले सहयोग गर्नु पनि अनुरोध गरे ।