भोजपुर : कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकारकालागी स्थानीय जनप्रतिनिधीले बीमा कम्पनीसँग सम्झौता गरेका छन् ।

नेपाल पत्रकार महासंघ भोजपुर अन्र्तगत क्रियाशिल ५२ पत्रकारको बीमा सम्झौता गरीएको हो ।
भोजपुर नगरपालिकाकी उपप्रमुख ममिता राई, वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसंग पत्रकारको बीमाकालागी सम्झौता गरेका हुन् ।

अग्रपंती रहेर जोखिमपूर्ण समयमा समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाकालागी बिमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले जानकारी दिईन् ।

पत्रकार आबद्ध सञ्चारगृहबाट समयमा तलब नआउने अवस्थामा कोहीमा संक्रमण देखिएर अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आईपर्ने आर्थिक समस्यामा बिमा कम्पनीबाट प्राप्त हुने रकमले केहि राहत मिलोस् भन्ने उद्देश्यले बिमा गर्न सहयोग गरेको उनले बताईन् ।

बिमा कम्पनीसंग भएको सम्झौता अनुसार कार्यस्थलमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध बिमा कम्पनीले जनाएको छ ।