धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टरमा पहिलो पटक प्रतिष्ठानमै कार्यरत डा.मोहन चन्द्र रेग्मी नियुक्ति भएका छन् ।

प्रतिष्ठानको रजिष्ट्रारमा अहिले सम्म प्रतिष्ठान भित्रैको डाक्टरहरूबाट कहिल्यै पनि नियुक्ति पाएका थिएनन् । प्रतिष्ठानकै प्रसूति विभागका प्रमुख रहेका डा.रेग्मीलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज देखि लागु हुने गरी नियुक्ति गरेका हुन् ।

डाक्टर रेग्मीले नियुक्तीपत्र लिईसकेको टेलिफोन मार्फत जानकारी दिए । उनले संक्षिप्तमा भने “ प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति पाएसँगै ठुलो जिम्मेवारी पाएको छु यसलाई पुरा गर्ने मेरो जिम्मेवारी हो ।” प्रतिष्ठानमा धेरै समस्याहरू छन् ती समस्याहरूको निराकरण गरी प्रतिष्ठानलाई आमूल परिवर्तन गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ उनले कपुरी न्युजलाई बताए ।

डा.रेग्मी अहिले काठमाण्डौमा छन् । प्रतिष्ठानकै केही कामहरू काठमाण्डौमा गरिरहेको बताउँदै उनले २,४ दिन भित्रै धरान आएर आफ्नो कार्यभार र जिम्मेवारी सम्हाल्ने बताए ।