इटहरी :  इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

कोरोना सङ्क्रमित व्यक्तिलाई अस्पताल ल्याउने र पुर्‍याउने काममा एम्बुलेन्स प्रयोग हुने अध्यक्ष बराबरले बताए । उपमहानगरको सहयोगले कोरोना सङ्क्रमण नियन्त्रणमा सहज हुने उनको भनाइ छ ।

एम्बुलेन्स अत्यावश्यकीय सवारीसाधन भएकाले आवश्यक प्रक्रिया पूरा गरेर चाडै प्रयोगमा ल्याइने बरालले बताए।

यस्तो विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्सले सहयोग पुग्ने मेयर चौधरीले बताए । पछिल्लो समय कोरोना सङ्क्रमण फैलिने क्रम बढ्दै गएकोले सतर्कता अपनाइएको उनको भनाइ छ ।