झापा : झापाको दमक-१ मा रहेको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा आज दिउँसो आगलागी भएको छ ।

अस्पतालको औषधि भण्डारण कक्षमा आगलागी भएको हो । आगलागीबाट करिब १ करोड मूल्य बराबरको क्षति हुन पुगेको अस्पताल श्रोतले जनाएको छ । भण्डारण कक्षमा बिद्युत् सट भएर आगलागी भएको बताइएको छ । दमक नगरपालिकाका दुई वटा दमकल, अस्पतालका कर्मचारी लगायतले आगो करिब आधा घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए ।

आगलागी दिउसो करिब साढे २ बजेको आसपासमा सुरु भएको थियो । आगलागीको खबर पाए लगत्तै दमक नगरपालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखाका कर्मचारी, दमकका प्रहरी प्रमुख अस्पतालको थप अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।