धरान : धरानको बुढासुब्बा मन्दिरमा आज भक्तजनको ठुलो भिड लाग्यो ।

श्री बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले आज मात्रै बिहान बुढासुव्वामा हजारौँ भक्तजन आएको बताए ।

Budhasubba-11

भक्तजनहरूलाई सामाजिक दुरी कायम गराउन बासको खट बाँधिएका भन्दा बाहिर सम्म भिडभाड बढ्यो । त्यसैले भिड व्यवस्थापन गर्ने नै निकै सकस भएको आलेको भनाइ छ ।

कोरोना महामारीको कारण बन्द रहेको मन्दिर गत २ हप्ता देखी पूर्ण रूपमा खोलिएको छ । मन्दिर परिसरका होटल तथा फूल मालाका पनि सबै दोकानहरू पालै पालो खेलिँदै आएका छन् ।

Budhasubba-12

शनिवार र मङ्गलवार बुढासुब्बा लगायत विजयपुरका अन्य मठमन्दिरहरूमा पनि भक्तजनहरूको भिड बढ्ने गर्दछ । अझ शनिवार बिदाको दिन परेकोले गर्दा अरू दिनको तुलनामा भक्तजनको भिड बढ्ने गरेको पाइन्छ ।

बुढासुब्बा मन्दिरमा यस भन्दा अघि निकै धेरै भक्तजनहरू आएर मन्दिर कम्पाउन्ड बाहिर नै पूजा गर्न थाले पछि भौतिक दुरी कायम गरेर पूजा गर्न सर्वसाधारणलाई दिने निर्णय भयसँगै विजयपुरका मठमन्दिरहरू खुलेका हुन् ।

Budhasubba-9

मन्दिरमा आउने भक्तजनहरूलाई मन्दिरको प्रवेशद्वारमा स्यानिटाइजर राखिएको र भक्तजनलाई भौतिक दुरी कायम गराउन मन्दिर परिसरमा बासको खट र डोरी टाँगिएको छ ।

Budhasubba-10
यसै गरी यता दन्तकाली मन्दिरमा पनि आज विवाह गर्नेहरूको भक्तजनहरूको भिड बडेको दन्तकाली मन्दिरका मुख्य पुजारी विश्वराज खनालले बताए । आज पिण्डेश्वरी मन्दिरमा भने खासै भक्तजन आएका थिएनन् ।

Budhasubba Budhasubba-2 Budhasubba-4 Budhasubba-1 Budhasubba-3 Budhasubba-6 Budhasubba-5