बेलबारी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले अब सधैकालागी सुकुम्वासीका गीत गाउने दिन गएको बताएका छन् ।

चुनावी बाचा पुरा गरेको बताउँदै कानुनी रूपमै सुकुम्वासी समस्या सधैँका लागी समाधान गरिने बताए ।

आफ्नो निर्वाचन क्षेत्र मोरङमा सहकारी भवनको शिलान्यासका लागी पुगेका मन्त्री ढकालले सुकुम्वासी समस्या समाधान गर्न आयोग बनाएको कुरामा कतिपयले आन्दोलन समेत गरेको बताउँदै अव सुकुम्वासी समस्या कानुनी रूपमै सधैँकालागि समाधान हुने बताए ।

उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ को ३ नंं. क्षेत्र भएर बग्ने ठुला ४ बटा नदीहरुकालागी अब बजेट माग्न आउने दिनको अन्त्य भएको बताए ।

कटान समस्याको समाधानकालागी स्थायी तटबन्धको विशेष योजना बनेको उनले बताए ।

महिलाले सञ्चालन गरेको सहकारी भवनको शिलान्यास, २० लाख सहयोगको घोषणा

Bhanu-bahuni-3

मन्त्री ढकालले मोरङको बेलबारी-७ मा रहेको परिश्रमी सामाजिक उद्यमी महिला सहकारीको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन ।

करिब २३ सय सदस्य रहेको सहकारीको प्रशंसा गदै मन्त्री ढकालले महिलाहरूले उदाहरणीय कार्य गरेको बताए ।

उनले सहकारीको नयाँ भवन बनाउन २० लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् ।