धरान : धरान महिला सञ्जालले फागुन अठार गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

होटल स्टार पूर्वीमा आज सञ्जालले पत्रकार सम्मेलन गरेर रक्तदान गर्ने जानकारी दिएको हो । सञ्जालकी अध्यक्ष चेतना श्रेङले १ सय ११ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम धरानको भानुचोकको लोकतान्त्रिक चौतारीमा बिहान सात बजे हुने जानकारी दिइन ।

विशेष गरी अस्पतालमा कुनै पनि गर्भवती महिला, सुत्केरी , बाल–बच्चा तथा वृद्ध,वृद्धा , घाइते तथा शल्यक्रियाका बिरामीहरूका लागी रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले “नेतृत्वमा नारी ः कोभिडको संसारमा सम्मान भविष्यको प्राप्ति” भन्ने नाराका साथ यस वर्षको श्रमिक दिवसमा रक्तदान कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

सञ्जालले १ हजार रक्तदाताको अपेक्षा गरेको छ । भने धरानलाई रक्तदाताको सहर भनेर चिनाउने तिन संस्थालाई सम्मानित गर्ने समेत संस्थाले बताएको छ ।