हालै गोरखापत्र दैनिकमा आएको समाचार अनुसार यो वर्ष विश्वको अग्लो हिमशिखर सगरमाथा अर्थात् ‘चोमोलुङमा लगायत १६ वटा हिमाल आरोहणका लागि ६८९ जनालाई आरोहणका लागि अनुमति दिएको छ, नेपाल सरकारले । त्यसो त यो वर्ष सहर बजार (काठमाडौँ लगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको यसले गम्भीर असर परीरहेको अवस्था छ । तापन यो वर्ष सगरमाथा अर्थात् चोमोलुङमाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३८२ जनाले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए) धेरै पर्वतारोहीहरू सगरमाथा सफलता पूर्वक चढ्नका लागि व्यग्रताका साथ प्रतीक्षारत छन् । अर्थात् विश्वका विभिन्न देशका ४२ वटा आरोहण दलका ३९३ जना पर्वतारोहीहरुले सगरमाथा चढ्नका लागि प्रयास छन् ।

विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको छ भने, विश्व पर्वतारोहण सङ्घ र समुदायबाट मान्यता पाउन बाँकी ६ वटा नयाँ हिमालहरू रहेका छन्। ती ६ वटै नयाँ हिमालहरू संयोगले नेपाल सरहदभित्र रहेका छन्। यसरी निकट भविष्यमै विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल २० वटा हुने छन् । त्यसपछि नेपालमा मात्रै ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहने छन् ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाइबारे पनि लेख्ने प्रयास गरिएको छ । ऊ वेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरू अनेक अड्कल गरिएका थिए । ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशङ्कर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड-पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औँ चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्ल गरिएका थिए । तर, पछि गौरीशङ्कर, मेलुङत्से लगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशङ्कर’ होइन भन्ने पक्का भयो ।

त्यसो त अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरै जसो विदेशी लेखकहरूले) ले ‘चोमोलुङमा’ भनी लेखेको/बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम -‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्गल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए भने उनले सन् १८२३-१८४३ सम्म भारतको नाप-नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए ।

नोटः माथिका विभिन्न नामहरूमध्ये केही नामहरू ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।

त्यस्तै नेपाली नाम सगरमाथा नामचाहिँ  इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।
यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो। स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एड मण्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए ।

हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए। तर, उनीहरुले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्विस टोलीले पनि नेपालतर्फ बाटै एकै वर्षमा दुई पटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरू वर्षात् अघिको प्रयासमा आठ हजार पाँच सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्विस पर्वतारोहीहरू नै थिए ।

हुन त केही समयअघि भारतीय टेलिभिजन च्यानल जी टिभीका सम्पादक/पत्रकारले सगरमाथा क्षेत्रको कालापत्थर गएर ए नामक दृश्य छायाङ्कन गरेर सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने, परापूर्व कालदेखि भन्दै/पुकार्दै आएको ‘चोमोलुङमा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’को सट्टा राधानाथ सिक्दर/सिकन्दरको नाममा नयाँ नाम ‘राधानाथ सिक्दर/सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए ।

ninam-kulung-mangale