धरान : धरान उपमहानगरपालिकाले लगाएको सेउती खोलाको उत्खनन वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा युवाहरूको टोलीले रोक्ने प्रयास गरेकोमा अहिले फेरि उत्खनन सुरु भएको छ ।

उपमहानगरले लगाएको ठेक्कामा स्थानीय तहकै एक संस्थाले यसरी स्वास्थ्य मापदण्ड विपरीत भिडभाड गरी अध्यक्ष लिम्बुको नेतृत्वमा आएका युवाहरूले एक्स्काभेटर र ट्रिपरहरुलाई खोलाबाट फर्काउन प्रयास गरेर अवरोध गर्न खोजेका थिए ।

हाल वडा सँग फोन सम्पर्क गरी मेयर तिलक राईले थप छलफल गर्ने भनी काममा अवरोध नगर्न अनुरोध गरे पछि अहिले उत्खनन फेरि सुरु भएको छ ।

उपमहानगरपालिकाले सेउती, सेहरा र सर्दु खोला ४ करोड ९१ लाखमा ठेक्का लगाएको छ । जेठ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्ने सर्तमा पाथीभरा निर्माण सेवा कम्पनी इटहरी र विनीता श्री कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का पाएको छ ।

पाथीभरा निर्माण सेवा कम्पनीका प्रोप्राइटर अर्जुन भण्डारी कोरोना सङ्क्रमित हुँदा पनि खोलामा आएको भनी स्थानीयले पुन पिसिआर परीक्षण गर्न लगाउँदा उनलाई सङ्क्रमण पुष्टि भएपछि उनी हाल होम क्वारेनटाइनमा छन् ।