धरान : जनता समाजवादी पार्टी निकट भातृसंगठन नेपाल सुकुम्वासी ब्याबस्थापन सङ्घले उदयपुर जिल्लाको बेलका नगरपालिका कबुलियती बन विवादको आन्दोलनरत पक्षमा समर्थ जनाएको छ ।

नेपाल सुकुम्वासी ब्याबस्थापन सङ्घ प्रदेश १ का मुख्य सचिव महेशचन्द्र राजवंशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै समर्थन जनाएको हो ।

उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नं ३ कोसी उकास क्षेत्रमा विगत ४० वर्षदेखि बसोबास गर्दै आइरहेका ८ सय घरधुरीलाई विस्थापित गरी कवुलियति बनको नाममा १७५.२३ हेक्टर जगा व्यक्तिलाई ३० वर्षका लागि लिजमा दिने सरकारको निर्णय प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरको सेफ वे टेक्नोलोजी र बराह हर्बल एन्ड एग्रो प्रा.लि.लाई दिने निर्णयले हजारौँ मानिसहरूलाई विस्थापित गर्ने सरकारको निर्णयको घोर भर्त्सना गरेको छ । यस्तो कार्यको आन्दोलनरत पक्षको आन्दोलनप्रति पूर्ण समर्थन पनि गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कबुलियति बनको नाममा व्यक्तिलाई जग्गा उपलब्ध गराउने र हजारौँ मानिसहरूलाई विस्थापित गराउने सरकारले गरेको निर्णय तुरुन्त फिर्ता लिन पनि माग गरिएको छ ।

निर्णय फिर्ता नलिए सुकुम्वासी ब्याबस्थापन सङ्घ जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको जनाएको छ । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी राज्य सरकार स्वायंम् हुन पर्ने चेतावनी दिएको छ ।
उदयपुर जिल्ला बेलका नगरपालिका कबुलियती बनको विषयलाई लिएर झडप समेत भएको थियो ।

Bigyapti