चक्रघट्टी : बराहक्षेत्र नगर अस्पतालले डिजिटल एक्स-रे सेवा सञ्चालनमा ल्याएको छ।

बराहक्षेत्र नगरपालिकाले चक्रघट्टीमा सञ्चालन गर्दै आएको नगर अस्पतालमा शनिवार देखि डिजिटल एक्स-रे सेवा सुरु गरेको हो ।

बिरामीको चाप बढ्दै गएपछि नगरपालिकाको आर्थिक सहयोगमा मेसिन ल्याइएको अस्पताल प्रशासन शाखाका प्रकाश कुमार मण्डलले बताए ।

म्यानुअल प्रविधिबाट एक्स-रे भइरहेको अस्पतालमा अब भने डिजिटल प्रविधिको सेवा लिन पाइने छ। नगरपालिकाको केन्द्र भागमा रहेको सो अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न समेत थालेको छ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिनेको सङ्ख्या बढ्दो रहेको छ ।