धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। प्रतिष्ठानका चारै जना पदाधिकारीले राजीनामा दिनुपर्ने दबाब बढेसँगै शुक्रवार उनले राजीनामा दिएका हुन् ।

प्रतिष्ठान सुधारको माग गर्दै दुई महिना देखी जारी आन्दोलनरत समूहले रेग्मी सहित पदाधिकारीको राजीनामा माग गरेको थियो । सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुगोस् भन्ने हेतुले राजीनामा दिएको रेग्मीले प्रतिक्रिया दिएका छन् ।

उता आन्दोलनरत पक्षले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा समक्ष ७ दिने अल्टिमेटम सहित ६ बुँदे माग राखेका छन् । ७ दिनभित्र ती मागहरू पुरा नभए सम्पूर्ण विभाग, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लगायत सबैले आफ्नो नियमित काम गर्न असमर्थ हुने बताएका छन्।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २४ दिनअगाडि गरेको सम्झौता र प्रा.डा. गोविन्द केसी बिच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ।

वैकुण्ठ अर्याल नेतृत्वको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने उनीहरूले बताएका छन् । नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ।

त्यस्तै पदाधिकारीहरू छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तीमा २ जना प्राध्यापकहरू संलग्न गर्नुपर्ने र मापदण्ड निर्धारण भए पनि पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरूको समूहले नै गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने भएको छ ।

त्यससङै उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानुनी प्रक्रिया अघि बढाउन समेत उनीहरूले माग गरेका छन्