विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४-४, पाँचथर र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण भएको हो ।

झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०-१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३-३, बुद्धशान्ति, बाह्रदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, मोरङको विराटनगर ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २-२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, वराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १-१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १-१, पाँचथरको फाल्गुनन्द, तेह्रथुमको म्याङ्लुङमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।