विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा ७, उदयपुरमा ५ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३५, बेलबारीमा ६, सुन्दरहरैचामा ४, रतुवामाई र कानेपोखरीमा ३-३, रंगेलीमा २, बुढीगंगा र पथरीशनिश्चरेमा १-१, झापाको दमकमा ६, गौरादहमा ४, भद्रपुरमा ३, शिवसताक्षीमा २, मेचीनगर, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा १२, गढी, वराहक्षेत्र र इनरुवामा १-१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २-२, सन्दकपुरमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र उदयपुरगढीमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ७१ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।