इटहरी : नेपाली काँग्रेस मोरङको सचिवमा सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले उम्मेदवारी दिने भएका छन्। हालका सहसचिव ढकालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संस्थापन पक्षका बलिया उम्मेदवार रहेका ढकाल मोरङका लोकप्रिय नेता हुन्। मोरङ काँग्रेसमा प्रभावशाली छवि बनाएका उनी स्थानीय कार्यकर्तामाझ परिचित छन्। कम्युनिस्टको गढ मानिएको सुन्दरहरैचामा शानदार विजय हासिल गरेका उनले आफ्नो प्रभाव बढाउँदै लगेका छन्।
समय अभावको कारण प्रत्यक्ष भेटेर भोट माग्न नपाएको बताएका उनले आफूलाई विजयी गराउन आग्रह गरेका छन् । संस्थापन इतर पक्षको बलियो प्रभाव रहेको मोरङमा ढकालले उम्मेदवारी दिएका हुन् ।
इतर पक्षका सुनिल शर्माले ढकाललाई हराउन सक्दो पहल गर्ने देखिएको छ। ढकाल विजयी भए आफ्नो प्रभाव कम हुने बुझेका शर्मा उनको विरुद्धमा लागेका छन्। यसअघि क्षेत्रीय प्रतिनिधिमै ढकाललाई पराजित गराउन शर्माले धेरै मेहनत गरेका थिए ।
इतर पक्षका प्रभावशाली नेताहरू उनको विरुद्धमा भएकाले ढकालको उम्मेदवारी चुनौतीपूर्ण देखिएको छ । तथापि आफू विजयी हुने उनले विश्वास व्यक्त गरेका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        