विराटनगर : धरानमा २ जना सहित प्रदेश १ मा ३३ जनामा कोरोना सङ्क्रमण भएको छ ।
३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र ३८ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।