विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १-१, झापाको दमक र बिर्तामोडमा २-२, बुद्धशान्ति र मेचीनगरमा १-१, सुनसरीको दुहबी, वराहक्षेत्र र कोशी गाउँपालिकामा १-१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।