धरान : नेकपा एमाले १४ नं. वडा कमिटीद्वारा स्थानीय दन्तकाली पञ्चायत मावि. धरान-१४ का ९५ जना विद्यार्थीहरूलाई विद्यालय पोसाकको स्विटर वितरण गरेको छ ।
सो कार्यक्रम वडा कमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, नेकपा एमाले नगर सह इन्चार्ज ऋषि राज राई, नेकपा एमाले नगर अध्यक्ष हर्कजङ्ग एभेङ्, नगर सदस्य सुरेन्द्र घिमिरे, झरना सुनुवार, अनेरास्ववियु धरान उपमहानगर सचिव सुधाकर पोख्रेल लगायतको उपस्थिति रहेको थियो । दन्तकाली माविका कक्षा १० का विद्यार्थीहरूले उपमेयरसँग कोचिङ कक्षा चलाउन माग गरेका थिए ।
सुखमा पनि एमाले दुःखमा पनि एमाले जनताको घर घरमा एमाले भन्ने नारा अन्तर्गत यो कार्यक्रम गरिएको नगर कमिटी सदस्य सुरेन्द्र घिमिरेले बताए।


































































