विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
१८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, कानेपोखरी र रंगेलीमा १-१, झापाको बिर्तामोड र बाह्रदशीमा १-१ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।




































































