विराटनगर : धरानमा ८७ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना सङ्क्रमण भएको छ । 

५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण भएको छ । 

मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २-२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १-१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहबी र हरिनगरमा २-२, इनरुवा र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा ५, बिर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।