विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २-२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा १३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा ३-३, रतुवामाई, कटहरी र बेलबारीमा २-२, जहदा, रङ्गेली, उर्लाबारी र ग्रामथानमा १-१, झापाको बिर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २-२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहबीमा ३-३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जू र वराहक्षेत्रमा १-१, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १-१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६८० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।