विराटनगर : धरानमा ८८ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्बु र भोजपुरमा २-२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २-२, बेलबारी, रङ्गेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १-१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका ७-७, रामधुनीमा ३, वराहक्षेत्र र बर्जूमा २-२, गढी, भोक्राहानरसिंह र देवानगञ्ज १-१, झापाको बिर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा ९-९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाहृदशी र कचनकवलमा २-२, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा १-१, सोलुखुम्बुको सोलुदुधकुण्ड र नेचा सल्यानमा १-१, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।