विराटनगर : विराटनगरको कोसी अस्पतालमा कार्यरत ४६ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार आज सम्म अस्पतालमा कार्यरत ४६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनका अनुसार ८ डाक्टर, १७ जना नर्स, परामेडिक्स, सफाइ कर्मचारी लगायत गरी ४६ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरू अहिले होम आइसोलेसनमा छन् । स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको उनले बताए ।

‘ सबै उपचार विभाग खुला छन्, तर कर्मचारीलाई कोरोना भएका कारण व्यवस्थापन गर्न चुनौती छ,’ मेसु दासले भने,‘ काम गर्ने जनशक्ति अभाव भइरहेको छ ।’