धरान : धरान-८ मा रहेको पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका ६ जना शिक्षक तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले आज गरेको एन्टिजेन परीक्षणमा ३७ जना शिक्षक तथा कर्मचारीको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

इन्जिनियरिङ क्याम्पसका शिक्षक तथा कर्मचारीहरूमा कोरोना जस्तै लक्षण देखिएको भन्दै परीक्षण गर्न भनिएपछि स्वास्थ्य महाशाखाको टोली परीक्षणको लागि इन्जिनियरिङ क्याम्पस पुगेको थियो ।

कोरोना परीक्षण गरिएका अधिकांशमा कोरोनाको लक्षण जस्तै समस्या देखिएको छ । तर ६ जनाको मात्रै रिपोर्ट पोजेटिभ आयो । उनीहरू सबैको कोरोनाको सामान्य लक्षण देखिएको मेहेताले बताए ।

Antigen