विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा २-२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जूमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४-४, देवानगञ्ज, वराहक्षेत्र र कोशी गाउँपालिकामा ३-३, हरिनगर र रामधुनीमा २-२, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३-३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २-२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १-१, झापाको बिर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५-५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २-२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा १-१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका १-१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।