झापा : झापास्थित भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि एक साताका लागि सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

कार्यालयका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले एक साताका लागि सेवा बन्द गरेको हो । कार्यालयका निमित्त प्रमुख दीपेन्द्र खत्रीले एक सूचना प्रकाशित गर्दै आजदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जनाएका हुन् ।

सेवाग्राही, कर्मचारी, लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका दुई जना कर्मचारी सङ्क्रमित भए पनि उक्त कार्यालयका प्रायः सबै कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको निमित्त कार्यालय प्रमुख खत्रीले जानकारी दिए ।

Suchana 1