विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २-२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ५० जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३-३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २-२, केराबारी, रङ्गेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १-१, सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जूमा ५, दुहबी, वराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४-४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २-२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११, झापाको बिर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२-१२, बुद्धशान्ति र शिवसताक्षीमा ६-६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २-२, गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २-२, बेलकामा १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिका र माईमा १-१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ५० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।