विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना सङ्क्रमितहरू बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रिस्तरीय बैठकले आजै १४ वटै जिल्ला अस्पतालहरूलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ ।

सङ्क्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरू अस्पतालहरूले प्रबन्ध गर्ने र आवश्यक सामाग्रीहरू मन्त्रालयले सहरीकरण गर्ने निर्णय भएको छ । बैठकले सामुदायिक तथा निजी अस्पतालहरूलाई पनि कोरोना सङ्क्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँ लगायतको सहभागिता रहेको थियो ।