विराटनगर : कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु भए यता प्रदेश १ मा पहिलो पटक कोरोना सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दोब्बर भएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना सङ्क्रमण भएको छ । यही अवधिमा ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५-५, उदयपुर, सङ्खुवासभा र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रङ्गेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहबी र वराहक्षेत्रमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, सङ्खुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४०२ महिला र ५०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।