धरान : धरान उपमहानगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाउँदै छ ।

आज देखि माघ २१ गते सम्म धरानका ४४ वटा विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । आज पहिलो दिन धरान उपमहानगरपालिकाको ११ स्थानबाट खोप लगाईदैछ ।

कोरोना विरुद्धको मोर्डना खोप धरानमा यस पटक १८ हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।

खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा पुगेर विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएको छ । खोप बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म तोकिएको खोप केन्द्रहरूबाट लगाउन सकिनेछ ।

आजको खोप केन्द्र :

1