विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैचामा ८, बेलबारीमा ५, लेटाङ र बुढीगंगामा ४-४, उर्लाबारीमा ३, कानेपोखरी, सुनबर्षी, पथरीशनिश्चरे र रतुवामाईमा २-२, झापाको दमकमा १५, कनकाईमा १०, अर्जुनधारा र भद्रपुरमा ६-६, बिर्तामोड र मेचीनगरमा ४-४, शिवसताक्षी र कमल गाउँपालिकामा ३-३, बाह्रदशीमा २, गौरादह र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २४, भोक्राहानरसिंहमा ४, हरिनगरमा ३, देवानगञ्ज र रामधुनीमा २-२, दुहबी, बर्जू, वराहक्षेत्र, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा ३, कटारीमा १, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको सिदिङ्वा, तेहृथुमको लालिगुराँस, धनकुटाको पख्रिबास र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका २५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३६९ महिला र ३०९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।