धरान : धरान उपमहानगरपालिकामा आइतबार पहिलो दिन १२ वर्ष देखि १७ वर्ष उमेर समूहका ४ हजार ३ सय ९७ जना बालबालिकाले कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार आइतबार पहिलो दिन धरानका ११ वटा विद्यालय अर्थात् खोप केन्द्रबाट २ हजार १ सय १८ बालक र २ हजार २ सय ७९ जना बालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् ।

पहिलो दिन उत्साहजनक खोप लगाउन बालबालिकाको सहभागिता रहेको थियो भने यो क्रम माघ २१ गते सम्म जारी रहनेछ ।

यस पटक १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिका गरी जम्मा १८ हजार जनालाई खोप लगाउने लक्ष राखिएको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार थप ११ वटा विद्यालयलाई खोप केन्द्र बनाएर थप बालबालिकाहरूलाई खोप लगाईदैछ ।

Khop-Data