विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, सङ्खुवासभा र पाँचथरमा ३-३, इलाम र भोजपुरमा २-२, तेहृथुम र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, कटहरी र सुन्दरहरैचामा ६-६, जहदामा ४, बुढीगंगा र कानेपोखरीमा ३-३, रतुवामाई र मिक्लाजुङमा २-२, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा १७, भद्रपुरमा १५, बिर्तामोडमा १२, कनकाईमा ८, अर्जुनधारामा ७, गौरादहमा ६, मेचीनगरमा ५, शिवसताक्षी, हाल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३-३, बाहृदशीमा २, कचनकवलमा १, सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहबीमा ४, बर्जूमा ३, इनरुवा र वराहक्षेत्रमा २-२, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा २, छथरजोपाटीमा १, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा १-१ र स्थानीय तह नखुलेका २, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा १-१, पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, भोजपुरको हतुवागढीमा २, तेहृथुमको छथर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १-१ र प्रदेश १ बाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३८२ महिला र ४६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७१७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।