धरान : धरान उपमहानगरपालिकाले १२ बर्ष देखि १७ बर्ष उमेर समुहका बालवालिकालाई आज पनि कोरोना विरुद्धको खोप लगाउदैछ । 

माघ २१ गते सम्म जारी रहने खोप अभियानमा धरानका १८ हजार बालबालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाईने बताईएको छ ।

माघ १६ गते देखि सुरु भएको खोप अभियानमा पहिलो दिन ११ वटा खोप केन्द्रबाट ४ हजार ३ सय ९७ जना र दोस्रो दिन ३ हजार ७ सय ५४ जना गरी कुल ८ हजार १ सय ५१ जनाले खोप लगाई सकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

धरानमा हरेक दिन ११ वटा खोप केन्द्रबाट माघ २१ गते सम्म कोरोना विरुद्धको खोप लगाईदैछ । 

आज यी खोप केन्द्रबाट खोप लगाईदै :

N-3