धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक महिलाको गए राति मृत्यु भएको छ ।

प्रतिष्ठानको सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान ८ की ५२ वर्षीय महिलाको उपचारकोक्रममा गएराति १० बजे मृत्यु भएको हो ।

माघ १६ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनले कोरोना विरुद्धको खोप लगाइसकेको भए पनि उच्च रक्तचाप र मिर्गौला सम्बन्धी बिरामी रहेको बताइएको छ ।