विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३-३, तेहृथुममा २, सङ्खुवासभा र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैचामा ४-४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २-२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रङ्गेली र बुढीगंगामा १-१, झापाको दमकमा १४, बिर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा ५-५, कनकाई र बुद्धशान्तिमा ४-४, मेचीनगरमा ३, गौरीगञ्ज , शिवसताक्षी र स्थानीय तह नखुलेकामा १-१, सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहबी र बर्जूमा ३-३, इनरुवा, गढी र देवानगञ्जमा २-२, रामधुनी र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ९, धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी, पख्रिबास र स्थानीय तह नखुलेका १-१, उदयपुरको कटारी र त्रियुगामा २-२, चौदण्डीगढी र बेलकामा १-१, भोजपुरको भोजपुर नगरपालिकामा २ र टेम्केमैयुङमा १, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा १-१, तेहृथुमको छथर र मेन्छेयायेममा १-१, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा १-१ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७५ पुरुष र ३९७ महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।