धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार मृत्यु हुने धरान १० का ५८ वर्षीय पुरुष रहेका छन् ।

उनलाई माघ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १६ गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो । उनी मिृगौला सम्बन्धी बिरामी रहेको र कोरोना विरुद्धको खोप पनि लगाइसकेका थिए ।