हालसालै 'मुन्दुम सृष्टि कथा' २०७१ पुनः प्रकाशन (दोस्रो संस्करण) २०७८ अनि 'मुन्दुम होसुङ' २०७३ पुनः (दोस्रो प्रकाशन २०७८ र, 'मुन्दुम रिलुङ' २०७८ तीन वटा किताब एकै पटक सँगै छ । जुन किताबहरू 'किरात राई चाम्लिङ खाम्बातिम' ले प्रकाशन गरेको छ । 'मुन्दुम सृष्टि कथा' नामक किताबको सङ्कलक तथा सम्पादक भोगिराज चाम्लिङ (राई !) रहेका छन् । ‘मुन्दुम होसुङ’ किताबको सङ्कलक ज्ञावनशेर राई र विश्वराम राई रहेका छन् । सो किताबको सम्पादक भोगिराज चाम्लिङ (राई !) छन् । ‘मुन्दुम रिलुङ’ नामक किताबको सङ्कलक, अनुवादक र सम्पादक भोगिराज चाम्लिङ (राई !) नै रहेका छन् । यी तीन वटै किताबको एक्ला एक्लै मूल्य क्रमशः ३५०, ४५० र ७०० रहेको छ । यसरी हेर्दा तीन वटै किताबको मूल्य १,५०० पर्छ । प्याकेजमा पनि १,५०० नै मूल्य राखिएको छ । अर्को भनेको माथि नै शीर्षकमा भनिए झैँ " किताबको नाम ‘राई !’ मुन्दुम वा चाम्लिङ ‘राई !’ मुन्दुम" राखेको भए सबैलाई प्रस्ट हुन्थ्यो । किनभने ‘राई !’ जात वा जाति नभएर पदवी/पगरी अथवा ‘तालुकदार/जिम्मावाल’ मात्रै हो । भलै हाल आएर धेरै किरातीहरुले त्यही ‘राई !’ पदवी/पगरी अथवा भनौँ  ‘तालुकदार/जिम्मावाल’ मात्रै जनाउने शब्दलाई नै जात मानेका छन् । यो पनि सत्य नै हो । त्यसैले ती तीन वटै किताबले राईको नाममा ‘कुलुङ, बाहिङ, बान्तवा, याम्फु, जेरो मेवाहाङ’ आदिको समेत जातीय स्वपहिचान नामेट पार्ने देखिन्छ । अझ ‘मुन्दुम सृष्टि कथा’ नामक किताबमा निकोलेट्टीलाई उद्धरण गर्दै ‘कुलुङ राई जातिमा दुई थरी नोक्छो हुन्छन् मोप र सेलेमोप । त्यस्तै महिला मोप्मे पनि हुन्छ ।’ भनी लेखिएको छ । पाना-२९ । 
जबकि कुलुङ जातिमा ९ प्रकारका धामीहरू हुन्छन् । 
१) नागी मोप, २) देदाम मोप, ३) तोस नोक्छो, ४) सेले मोप, ५) मोबोछा, ६) खार-बीत्रूम मोप, ७) सातीपूस, ८) वैदाङ्ग (मन्त्र पढेर हुने), ९) आल्मी (शिकारी धामी) । त्यस्तै कुलुङ जातिमा महिला र पुरुष मोप वा नोक्छोलाई अलग्गै छुट्ट्याएर लिंंगीय विभेद गरिँदैनथ्यो । निकोलेट्टी गलत हुन् कि, भोगिराज ?         
त्यस्तै माथि उल्लेखित तीनै वटा किताब किरात मुन्दुम (कुलुङ जातिले रीदूम भन्छन्) सम्बन्धी लेखिएको भन्ने भ्रम दिन खोजिएको भए तापनि भित्री कुरो (गुदी) चाहिँ सबै चाम्लिङ “राई !” भनिनेहरूको मात्रै वर्णन र उदाहरणहरू दिइएको छ। अझ ‘मुन्दुम सृष्टि कथा’ २०७१ को प्रकाशकीय शीर्षक अन्तर्गत (२०७८ को दोस्रो संस्करणमा पनि संशोधन नगरिएको !) राई जाति भनिनेहरूको जातिगत तथ्याङ्क दिने क्रममा विसं २०६८ को जनगणनाअनुसार भन्दै ६,९४,०९८ भनी कोड गरिएको छ । जबकि विसं २०६८ मा  राई जातिको जनसङ्ख्या ६,२०,००४ रहेको छ। मेरो कुरो नै पत्याउनु पर्छ भन्ने छैन, त्यसैले थप पुस्टिका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको ‘नेसनल पपुलेसन एन्ड हाउजिङ सेन्सस् २०११’ नामक रिपोर्ट हेर्न सक्नु हुन्छ, जो कोहीले । चाम्लिङ भाषा बोल्नेहरूको वक्ता सङ्ख्या ७६,८०० रहेकोमा सोही भाषा वक्ता सङ्ख्यालाई नै चाम्लिङको 'राई !' को फुर्को झुन्ड्याएर चाम्लिङ 'राई !' का रूपमा प्रस्तुत गर्दै “चाम्लिङ भाषा बोल्ने 'राई !'हरूको सङ्ख्या ७६,८०० रहेको छ ।' भनिएको छ । 
अचम्मको कुरो के छ भने, नेपालका किरात वा किराँतीभित्र पनि 'राई !'करणको मारमा परेका कुलुङ, खालिङ, मेवाहाङ, बान्तवा, बाहिङलगायत २६, २७, २८, २९, ३०, ३१ (यति नै भनी हालसम्म कसैले किटान गर्न नसकेको !) भाषी छन्, भने लिम्बु, याक्खा, सुनुवार, जिरेल, थामी, हायु, सुरेल आदिले पनि आफूलाई किराँती नै दाबी गर्छन् । यस्तोमा माथि उल्लेखित तीन वटै किताबले नेपालका बाँकी किराँतीलाई सम्मिलिकरण गर्ने देखिन्छ । यसरी हेर्दा त्यसै पनि राई जातको नाममा राई करण गरिएका वा भनौँ “राई !”करणको मारमा परेका कुलुङ, खालिङ, मेवाहाङ, बान्तवा, बाहिङलगायत किरात आ-आफ्नै जातीय अस्तित्व हुँदाहुँदै पनि लोप हुन पुग्ने र उनीहरूको प्रचारप्रसार नहुने खतरा बढेर जाने देखिन्छ । त्यसैले अब जति सक्दो चाँडो कुलुङ, खालिङ, मेवाहाङ, बान्तवा, बाहिङलगायत किरातीहरुले पनि आफै-आफैले आ-आफ्नो उत्पत्ति थलो, पिता-पुर्खा, वंश-परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चाल-चलन, चाडपर्व, परम्परागत कानुन, गरगहना, गीतसङ्गीत, मूल्य-मान्यता आदिबारे लेख्नुपर्ने देखिन्छ। उनीहरू आफै-आफैले आ-आफ्नो उत्पत्ति थलो, पिता-पुर्खा, वंश परम्परा, इतिहास, सृष्टि कथा, लोक कथा, भाषा, भेषभुषा, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व, परम्परागत कानुन, गरगहना, गीत-सङ्गीत, मूल्य-मान्यता आदिबारे लेखेनन् भने 'राई !' को नाममा चाँडै नै अब संस्कार, संस्कृति आदिमा चाहिँ ‘चाम्लिङ’करण हुने देखिन्छ । जसरी पहिले जातिमा 'राई !' करण भयो, भाषामा ‘बान्तवा’करण भयो/भएको थियो । अझ अनौपचारिक रूपमा के सुनिँदै छ भने यसै “ 'राई !' मुन्दुम अथवा चामिलङ “राई ! 'मुन्दुम'लाई नै 'राई !'करणमा परेका वा पारिएका सम्पूर्ण किरातीहरुको 'मुन्दुम !' हो भनेर ‘युनेस्को’मा दर्ता गर्ने काम हुँदै छ अरे !?, कपी राईट लिने काम हुँदै छ अरे !?!? यदि यो कुरो सत्य हो भने, बाँकी किरातीहरुले स्वीकार गर्ने कि नगर्ने ? प्रश्न गम्भीर छ । त्यसैले 'राई !' करणको मारमा परेका कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तवा, बाहिङलगायत किरातीहरुले वेला छँदै सोच्नुपर्ने देखिन्छ। 
हुन त त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहमा दर्शनशास्त्र अन्तर्गत “मुन्दुम : सृष्टि कथा र मुन्दुम: होसुङ” पठनपाठन सुरु गरी सकेको रहेछ । त्यस्तै पोखरा विश्वविद्यालयले पनि मानव शास्त्र एमफिलमा (अङ्ग्रेजी माध्यम) मा पठनपाठन सुरु गरी सकेको रहेछ भने खुल्ला विश्व विद्यालयमा पनि पठनपाठन हुने क्रममा रहेछ । तर, 'राई !' वा ‘चाम्लिङ राई ! नभनी किरात भनेरै आ-आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभुषा आदि छुट्टै हुँदाहुँदै कुलुङ, खालिङ, मेवाहाङ, बान्तवा, बाहिङलगायत अन्य किरात जातिहरूलाई ‘ठेलेरै-पेलेरै पठनपाठनका लागि लागू गर्न सहमति दिने ‘डा. विष्णु एस राई, डा. इन्द्र याम्फु राई, डा. तारामणि राई, होम याम्फु, डा. लाल रापचा, अमर तुम्याहाङ, चतुरभक्त राई, जयकुमार राई, डा.भक्त राई, भोगी राज चाम्लिङ आदि’ले कसरी...‘चाम्लिङ राई !’ भनिनेहरूले त “मुन्दुम: सृष्टि कथा र मुन्दुम: होसुङ” दुई किताब पढाउन पाएकोमा गर्व गरे होलान् । तर, अलग जातीय स्वपहिचान, अलग भाषा, अलग भेषभुषा, अलग भूमि, अलग संस्कार, अलग संस्कृति, अलग रीतिथिति आदि भएका अन्य (चाम्लिङ बाहेकका) प्राडा, डा., प्रा., विद र विज्ञ ! हुरेल कसरी आँखा चिम्लिए समर्थन गरे ?
थप केही जानकारी चाहिएमा: ९८४९९८५९९७,  ९८६२४३६०४९ 
निनाम लोवात्ती