चतरा : संघीय सरकारले देश भरका ५१ वटा नगरपालिकालाई सहरी करण गर्ने योजना अन्तर्गत सुनसरीको वराहक्षेत्र नगरपालिका पनि योजनामा परेको छ ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार ५१ वटा नगरपालिकामा वराहक्षेत्र उत्कृष्ट ११ नम्बरमा परेको छ ।

सुनसरीको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्रलाई सहरको मोडल तयार गर्न सङ्घीय सरकार मार्फत गुरु योजना तयार हुनेछ । गुरु योजनाको लागि ५० लाख बजेट विनियोजन समेत भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

वराहक्षेत्रमा विकासका आयोजनाका लागि  ४ दिन राजधानीको भ्रमणका क्रममा नगर प्रमुख कार्कीले सरोकारवाला र मन्त्रालयमा पुगेका थिए । नगर प्रमुख कार्कीले कोसी कटान नियन्त्रणका लागि पहल समेत गरेको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत परराष्ट्र मन्त्रालयबाट बिहार सरकारको जल संम्सोधन शाखासँग कटान नियन्त्रणको लागि पहल गरिएको छ ।

नगर प्रमुख कार्कीका अनुसार ४ दिने राजधानीको बसाइँमा वराहक्षेत्र नगरपालिकाको कृषि सिचाइमा सुन्दर गुन्दर साख नहरमा ९७ लाख बजेट उपलब्ध गराइएको बताए । फोहोर व्यवस्थापन, सिचाई , खानेपानी, सडक, शिक्षा जस्ता योजना माग गरिएको नगर प्रमुख कार्कीले बताए ।