धरान : यामाहाको नयाँ मोडलको बाईक एफजेड-एस एफआइ भी ३ धरानमा बिहीबार देखी विक्री सुरु भएको छ । यामाहा मोटरसाइकल, स्कुटरको आधिकारिक वितरक विजयपुर ट्रेडर्सले एक कार्यक्रमका बिच नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको हो ।

नयाँ मोडलको मोटरसाइकल सुनसरी जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुरज केसी र ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले सार्वजनिक गरेका हुन ।  

यामाहा एफजेड-एस एफआइ भी ३ मोटरसाईकलको बजार मूल्य ४ लाख ४ हजार ९०० रहेको बताइएको छ । बाइक हाल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध छ । नयाँ ब्याक लाइट डिजाइनले बाइकलाई सुन्दर र स्टाइलिशपन थपेको प्रबन्ध निर्देशक खतिवडाले बताए ।

कम्पनी उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेको बताउँदै कम्पनीका अमीत कुमार झाले भने फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा बनेको दाबी गरे ।

एफजेड-एसएफआई भर्सन ३० मा एयरकुल्ड फोर स्ट्रोक १४९ एसओएचसी दुई-ईएन÷ई एकल सिलिन्डर ईन्धन इन्जेक्टेड इन्जिन माउन्ट गरिएको उनले बताए । बाइक रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाइलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक गरिएको झाले बताए । 

नेपाली बजारमा यी अपडेटहरू ल्याउन पाउँदा अत्यन्त खुसी लागेको र आफ्ना राइडरहरूले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिङको अनुभव पनि प्रदान गर्ने मोटरसाइकलको प्राप्त गर्नेमा ढुक्क रहेको जानकारी कम्पनीले दिएको छ ।

यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ । यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरूको यो लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरूको साथमा स्पोर्टी र उन्नत शैलीका लागि परिचित रहेको खतिवडाले बताए ।

yamaha new 2

yamaha new 3

yamaha new 4