धरान : तिहारको पहिलो दिन तेस्रो दिन राती सबैले लक्ष्मी पूजा मनाई रहेका बेला उदयपुरको त्रियुगामा मादक पदार्थ रक्सी खाएर मातेका एक श्रीमानले आफ्नौ श्रीमतीको हत्या गरेका छन् ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१६ धौरीका ६१ वर्षीय जसबहादुर तामाङले रक्सी खाई मातेर कुटपिट गरी पत्नीको हत्या गरेका हुन्। घटना लगत्तै तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
तामाङले घरायसी झगडाको निहुँमा ५० वर्षिया श्रीमती सुनमाया तामाङले रक्सी खाएर कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट घाइते भएकी सुनमायाको मङ्गलवार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।