धरान : नेपाल सरकार गृह मन्त्रालय कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाले परिपत्र जारी गर्दै माघ १ गते देखि सम्पूर्ण कागजातमा नेपाल सम्वतको प्रयोग गर्न परिपत्र गरेको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुबेदीबाट सोमबार जारी गरिएको परिपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट भएको कार्तिक २७ गतेको निर्णय अनुसार नेपाल सम्वत ११४४ देखि विक्रम सम्वत उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८० कात्तिक २७ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको माघ १६ को पत्रबाट समेत सम्पूर्ण कागजातमा नेपाल सम्वतको प्रयोग गर्न भनिएको छ ।
नेपाल सम्वतको प्रयोग गर्दा उल्लेख हुनुपर्ने आधारभूत तिथि मिति सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट प्राप्त २०८० चैत्र मसान्तसम्मको डाटाप्याड परिपत्रमा संलग्न गरिएको छ ।
पत्रमा २०८० माघ १ गते देखिनै सम्बन्धित निकायहरूबाट विक्रम संवत् उल्लेख गरिने कागजातमा नेपाल सम्वत समेत उल्लेख गर्ने, गराउने व्यवस्था मिलाउन भनिएको छ ।



































































