धरान : सडक नाटक, गीति नाटक जस्ता सिर्जनात्मक माध्यमबाट धरानका स्कुलहरूका विद्यार्थी युवाहरू लागुऔषध दुर्व्यसनमा फस्ने गरेका घटनाक्रम प्रस्तुत गर्दै सचेतना बढाउने कार्यमा युवाहरूको नयाँ समूह सक्रिय छ ।

वाइएसी 'याक' नामक युवाहरूको संस्था लागु औषधविरुद्ध नयाँ अभियानमा देखिएको हो । लागुऔषध दुव्र्यशनी 'ड्रग्स विरुद्ध आफै लड्नुस्' भन्ने नाराका साथ धरान-१२ पब्लिक स्कुलका विद्यार्थीहरूलाई आइतबार स्कुल-स्कुल युवा जनचेतना शिविर सञ्चालन गरेको छ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई स्कुल परिसरमा सडक नाटक प्रदर्शन गरी सचेतना गराइएको हो । कार्यक्रम धरान-१२ वडा कार्यालयको सहयोगमा भएको याकका सचिव दिलीप राईले बताए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले समाजलाई रूपान्तरण गर्न आफै रूपान्तरित हुनुपर्ने बताए  । उनले कस्तो हुन्छ भनेर साथीको सगतमा युवाहरूले लागुपदार्थ टेष्ट गर्दा युवाहरू दुव्र्यशनको सिकार भएको बताउँदै सचेतना अभियान प्रभावकारी भएको बताए ।

वाईएसिले विद्यार्थीहरूलाई लागूपदार्थको असर र बाबुआमाले छोराछोरीको भविष्यका लागि दिनप्रतिदिन गरेको दुःख कष्टलाई नाटक मार्फत चरितार्थ गरेको थियो भने लागुपदार्थ सम्बन्धी नृत्य देखाउँदै जनचेतना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वाईएसी अध्यक्ष ओसन राई सागरले लागुपदार्थ सेवनले आफ्नो जीवनमा आई परेका भोगाई र लागुऔषध सेवनले आफ्नो बाबु आमा गुमाएको जीवनी प्रस्तुत गरेका थिए । उनले सडक नाटक आफ्नो जीवनमा आधारित भएको बताए ।

स्कुलका प्रधानाध्यापक ईन्द्र मोहन झा सहित शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

Yac-dharan-2