धरान : वडामा पानी नआएको गुनासो लिएर आइतबार बिहान वडा १२ को डेलिगेसन टोलीलाई मेयर हर्क साम्पाङले दिउँसो ३ बजे पानी आउने आश्वासन दिएको २ घण्टा बित्न नपाउँदै प्लम्बर प्रविन बास्तोलालाई शान्ति सुरक्षा गरी पाउँ भनी इलाका प्रहरीमा निवेदन दर्ता गर्न लगाएका छन् ।

टिएलो अध्यक्ष नरेश शाक्य अनुसार मेयर साम्पाङले डेलिगेसन गएका वडावासीहरूलाई ‘त्यता वितरण हुने पाइप लाइनको समस्या आई भल्ब बिग्रेको रहेछ’ भन्दै ‘दिउसो ३ बजे देखि पानी आउँछ ढुक्क भएर जानुस्’ भनी आश्वासन दिएका थिए ।

पानी आउने आशामा फर्किएका वडावासीले एकैछिन पछि प्लम्बर बास्तोलाले इलाका प्रहरी कार्यालयमा हातपात गरे भन्दै छाता चौकका पप्पु साहको नाममा निवेदन दर्ता समेत गराएका थाहा पाउँदा छक्क परे ।

टिएलओ अध्यक्ष शाक्यले भने, ‘हाम्रो टोली नै इलाका प्रहरी कार्यालय पुग्यौ त्यहाँ गएर कसले हातपात गर्‍यो भनी प्लम्बर सँग बुझ्दा मेयर साबले नै हातपात भयो भनेर निवेदन दर्ता गराउनु भनेको प्लम्बरले भनेपछि हामी छक्क पर्‍यौ ।’

उनका अनुसार धरान-१२ वडावासी मेयरको कार्यकक्ष पुगेपछि मेयर साम्पाङले प्लम्बर बास्तोलालाई समेत बोलाएर छलफल गरेका थिए । प्लम्बर सहित सबै वडावासी बाहिर निस्क्यौँ सौह्रार्द पूर्ण वातावरणमा पानी आउने आशामा पेलेम्बरलाई ‘तपाई हुनु हुँदो रहेछ यताको राम्ररी भल्ब बनाई समानुपातिक रूपमा वितरण गरिदिनुस् भन्दै ल हौ साथी भनी छुटेका थियौँ ।’

एकैछिन पछि प्लम्बरले, ‘मलाई पप्पु साहले हातपात गर्‍यो, निवेदन दर्ता गर्न इलाका प्रहरी आएका छौ’, भन्दै फोन गर्‍यो । उनका अनुसार टोली तुरुन्त इलाका प्रहरी पुग्दा प्लम्बरले निवेदन लेखिसकेको रहेछ । पप्पु साहले भने, ‘प्लम्बरलाई निवेदन दर्ता नगर्न साझेदारी गरेपछि उहाँले निवेदन दर्ता गर्नु भएन ।’

प्लम्बर प्रविन बास्तोला भने, ‘मैले हातपात भयो भनेर मेयर साम्पाङलाई सुनाए उहाँले कानुनी प्रक्रियामा जानुस् इलाका प्रहरीमा उजुरी दिन सुझाव दिनु भयो सोही अनुसार निवेदन लेख्न लेखापढी सेन्टर गएँ ।’ तर बुझाउने बेलामा पप्पु सहित वडावासी आएपछि फिर्ता गरेको उनले बताए ।

वडा १२ मा होटेल सञ्चालन गर्दै आएका होटेल एसोसिएसन धरान अध्यक्ष सरोज भट्टराईले भने, ‘मेयर साम्पाङले ३ बजे पानी आउँछ भनी आश्वासन दिए पनि ३ बजे पानी आएन ।’

पानीको समस्या पहिलाको वर्ष भन्दा यस वर्ष अझ बढी रहेको बताउँदै उनले होटेलमा ग्राहक आए पनि पानी छैन भन्दै फिर्ता पठाउनु पर्ने अवस्था भएको भट्टराईका भनाई छ ।

धरान-१२ अग्रज चित्रकार प्रणोद दत्तले भने, ‘पानी नआएकोले हाम्रो घरमा प्लास्टिक पेपरको प्लेटमा खाना खाएको एक हप्ता भयो ।’ ट्वाइलेट जाने त के खाना खाएर हात चुठने धरी पानी नभएको उनको भनाई छ । उनले भने, ‘३ महिना भो थोपो आएको छैन ।’

वडा १२ की एलिना राईले निजी ट्याङ्करबाट पानी किन्न खोज्दा नपाएको गुनासो गरिन् । अघिल्लो वर्ष भन्दा यसपालि माघको अन्तिम साता देखि नै धारामा पानी नआएको उनले बताइन् । प्रति लिटर २ रुपैयाँको दरले ट्याङ्करबाट पानी ल्याउनु परेको उनको भनाई छ ।

khanepani dharan-12

khanepani dharan-12 1

khanepani dharan-12 nibedan