धरान : धरान उपमहानगरपालिकाले ३ सय ३ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको प्राविधिक सहयोगमा चैत २ देखि सडकमा खुल्ला घुम्ने र सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको हो ।

धरान उपमहानगरपालिका पशुपंक्षि विकास महाशाखाका प्रमुख महेन्द्र कुमार पैकारका अनुसार बन्ध्याकरण गरिएको र सामुदायिक कुकुरहरूलाई रेबिज विरुद्धको खोप पनि दिइएको छ । उक्त कार्यक्रमका लागि कुल ४ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ ।  

सामुदायिक कुकुरको बन्ध्याकरणकालागी सङ्घीय सरकारद्वारा २ हजार रुपैयाँ दरमा टेण्डर आव्हान गरिएको थियो । टेण्डरमा भएको प्रतिस्पर्धामा १ हजार ८ सय लागतमा काम गरिएको हो ।

हिमालयन ट्रष्टका अध्यक्ष खगेश्वर भट्टराईले न्युनतम एउटा कुकुर बन्ध्याकरणका लागि २ हजार ५ सय रुपैयाँ पर्ने बताए ।

उनले शल्यक्रिया गर्दा एक प्रतिशत कुकुरमा पनि समस्या नआएको दाबी गर्दै उनले कुकुरलाई, ‘एन्टी रेबिज भ्याक्सिन समेत लगाइएको बताए ।